हावाहुरी पीडित ८३ घरपरिवारलाई हलेसी तुवाचुङ नगरपालिकाद्वारा जस्तापाता प्रदान

हावाहुरी पीडित ८३ घरपरिवारलाई हलेसी तुवाचुङ नगरपालिकाद्वारा जस्तापाता प्रदान

रोदिक खबर

२२, चैत्र २०८२
  • 2.0K
    SHARES
  • हावाहुरी पीडित ८३ घरपरिवारलाई हलेसी तुवाचुङ नगरपालिकाद्वारा जस्तापाता प्रदान

    खोटाङ, २२ चैत । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित ८३ घरपरिवारलाई घरको छाना पुनःनिर्माण गर्न जस्तापाता प्रदान गरेको छ ।

    नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई शनिबार जस्ता पाता प्रदान गरेको हो ।

    प्राकृतिक विपत्तिबाट क्षति व्यहोरेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले पीडित परिवारलाई जस्तापाता वितरण गरेको नगरप्रमुख बिमला राईले जानकारी दिइन्।

    उनका अनुसार हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक जस्ता प्रदान गरिएको हो ।

    “पीडित परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले नगरपालिकाले जस्तापाता उपलब्ध गराएको हो,” नगरप्रमुख राईले भनिन्, “आवश्यकता अनुसार अन्य सहयोगका कार्यक्रम पनि अघि बढाइनेछ।”

    हावाहुरीका कारण घरको छाना उडेर समस्या भोगिरहेका परिवारलाई जस्तापाता उपलब्ध भएपछि उनीहरूलाई ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन्।

    नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको पुनःस्थापनामा निरन्तर सहयोग गर्ने जनाएको छ।

    नगरपालिकाले बाहुनीडाँडाका ११, डिकुवाका १०, च्यास्मिटारका ३२, बडहरेका ४, दुर्छिमका २, मंगलटारका ३, महादेवस्थानका १, धितुङका १० र राजापानीका १० घरपरिवारलाई जस्ता वितरण गरिएको छ ।

    खुल्ला आकाश मुनि बसेका पीडित परिवारलाई तत्काल त्रिपाल वितरण गरेको नगरपालिकाले शनिबार जस्तापाता वितरण गरेको हो ।

    प्रकाशित मिति :चैत्र २२, २०८२ आइतवार - २१:२४:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको