शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङमा बहु–सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

हलेसी तुवाचुङमा बहु–सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

रोदिक खबर

२२, चैत्र २०८२
  • 1.2K
    SHARES
  • हलेसी तुवाचुङमा बहु–सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

    खोटाङ । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने हलेसी तुवाचुङ नगरपालिकामा बहु–सांस्कृतिक संग्रहालय भवन निर्माण कार्य सुरु भएको छ।

    नगरपालिकाको गौरवको आयोजनाका रूपमा लिइएको उक्त भवनको सिलान्यास नगरप्रमुख बिमला राईले आइतबार गरेकी हुन् ।

    नगरपालिका र कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको साझेदारीमा निर्माण हुन लागेको संग्रहालय भवनले क्षेत्रको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

    नगरपालिकाकाका अनुसार ८० लाख ८१ हजार रुपैयाँमा निर्माण सम्झौता गरिएको भवन निर्माणको जिम्मा सुदेवी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले लिएको छ ।

    स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैलीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त बहु–सांस्कृतिक संग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उपप्रमुख रमेश राउतले बताए ।

    नगरपालिकाले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाउँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रकाशित मिति :चैत्र २२, २०८२ आइतवार - २१:४६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको