शुक्रवार, भाद्र २६ गते २०८३

तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

रोदिक खबर

२९, चैत्र २०८२
  • 1.8K
    SHARES
  • तीन महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित स्वास्थ्य चौकीले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।

    लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा समुदायमा स्वास्थ्य सेवा प्रवाह तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको कदर गर्दै रमा खड्का, इन्द्रकला राई र तिर्था खड्कालाई सम्मान गरिएको हो।

    Screenshot_20260412_201812_Gallery(1).jpgउनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य निवर्तमान मन्त्री भूपेन्द्र राई, गाउँपालिका अध्यक्ष लोकेन्द्र राई लगायतले सम्मानपत्र हस्तान्तरण गर्दै उनीहरूको योगदानको प्रशंसा गरे।

    यसैगरी, स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै स. छितापोखरी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव निर्मला राईलाई पनि सम्मान गरिएको छ।

    समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य सुधार र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका कारण सम्मान गरिएको स. छितापोखरी स्वास्थ्य चौकी इन्चार्ज चन्द्रमाया राईले बताइन् ।

    कार्यक्रमका सहभागीहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान गाउँ–समाजको स्वास्थ्य सुधारमा अत्यन्त महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - २०:५२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको