खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

रोदिक खबर

१९, बैशाख २०८३
  • 4.9K
    SHARES
  • खोटाङमा  भीरबाट लडेर दुई जनाको मृत्यु

    खोटाङ, १९ बैसाख । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । अग्लो भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको मृत्यु भएको हो ।

    बैशाख १९ गते दिउँसो स्थानीय ढकालेखोला भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।

    बमबहादुरले घाँस गोठालो जाँदा हराएको खुकुरी खोज्नेक्रममा उनीहरुको भीरबाट खसेर मृत्यु भएको हो । बैशाख १८ गते घाँस गोठालो गएकाबेला बमहादुरले खुकुरी हराएका थिए । हराएको खुकुरी खोज्नका लागि बमबहादुरले छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए ।

    खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकलेअर्कालाई समाउँदा दुबै जना भीरबाट खसेको अनुमान गरिएको वडाध्यक्ष राईले बताए ।

    दुबै जनाको शवलाई उदयपुरको बेलटार लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १९, २०८३ शनिवार - २१:४९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको