कांग्रेसको मौनता र आन्तरिक कलहप्रति भुपेन्द्र राईको चिन्ता: “एकताबद्ध कांग्रेस मात्र विकल्प”

कांग्रेसको मौनता र आन्तरिक कलहप्रति भुपेन्द्र राईको चिन्ता: “एकताबद्ध कांग्रेस मात्र विकल्प”

रोदिक खबर

२०, बैशाख २०८३
  • 1.5K
    SHARES
  • कांग्रेसको मौनता र आन्तरिक कलहप्रति भुपेन्द्र राईको चिन्ता: “एकताबद्ध कांग्रेस मात्र विकल्प”

    नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र नेतृत्वको मौनताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्थालाई संकेत गर्दै कांग्रेसले समयमै आत्ममूल्यांकन नगरे परिणाम गम्भीर हुन सक्ने भनेका छन्।

    राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “घर झगडा सबल र सक्षम परिवारमा भन्दा गरिब र कमजोर परिवारमा बढी हुन्छ। जसको घरमा निरन्तर विवाद हुन्छ, उसले छिमेकीको प्रगति हेर्नसमेत भ्याउँदैन।” उनले यही सन्दर्भ जोड्दै अहिले नेपाली कांग्रेस लगायत पुराना दलहरूको अवस्था पनि उस्तै देखिएको टिप्पणी गरेका छन्।

    वर्तमान सरकारले दमनकारी नीति तीव्र रूपमा अगाडि बढाइरहेको, विश्वविद्यालयहरूमा पदाधिकारीहरूको धमाधम राजीनामा भइरहेको र निजामती कर्मचारीहरू अन्याय महसुस गर्दै सेवा छोड्न बाध्य भइरहेको अवस्थामा पनि कांग्रेसको आवाज नउठ्नु चिन्ताजनक छ तर कांग्रेस किन चुप छ ? भन्ने प्रश्न उनले उठाएका छन्।

    राईले पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसतर्फ संकेत गर्दै अनुभवी तर बोल्न नसक्ने नेताहरूलाई पाखा लगाएर सक्षम र स्पष्ट बोल्न सक्ने युवाहरू अगाडि आएपनि अन्याय र अत्याचारविरुद्ध सशक्त आवाज नउठ्नु झन् आश्चर्यजनक भएको उल्लेख गरेका छन् ।

    उनले वर्तमान कांग्रेसको नीति र सरकारको रणनीतिबीच कुनै मिलेमतो त छैन भन्ने शंका समेत व्यक्त गर्दै सामाजिक सञ्जालमा नेताहरूमाथि हुने आलोचना सरकारतर्फ किन केन्द्रित हुन नसकेको भन्ने प्रश्न गरेका छन्।

    अझै पनि हाम्रो समाज भयमुक्त भइसकेको छैन, यस्तो अवस्थामा जनतालाई सबै खाले त्रासबाट मुक्त गराउने जिम्मेवारी कांग्रेसकै हो। “बलियो, एकताबद्ध र आन्तरिक कलहविहीन कांग्रेसले मात्र देशलाई सही दिशामा लैजान सक्छ,” उनले भनेका छन् ।

    पार्टी नेतृत्वलाई आन्तरिक विवाद समाधान गर्दै एकताबद्ध भएर अगाडि बढ्न उनले ढिला नगर्न आग्रह गरेका छन्। “पहिले आफ्नैलाई तह लगाउँछु अनि अरूसँग भिड्छु भन्ने सोच गल्ती हो,” उनले भने, “अब कांग्रेस एकढिक्का भएर अघि बढ्नैपर्छ।”

    Screenshot_20260503_062730_Facebook(1).jpg

    प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - ०६:१५:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको