निर्माण व्यवसायी सङ्घ खोटाङद्वारा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र

निर्माण व्यवसायी सङ्घ खोटाङद्वारा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र

रोदिक खबर

३१, बैशाख २०८३
  • 1.0K
    SHARES
  • निर्माण व्यवसायी सङ्घ खोटाङद्वारा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र

    खोटाङ । निर्माण व्यवसायी सङ्घ खोटाङले निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याको समाधानको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले बिहीबार प्रमुख जिल्ला अधिकारी रेखा कडेलमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको हो ।

    ज्ञापनपत्रमार्फत सङ्घले बैंक ग्यारेन्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्तिसहित सञ्चालनमा रहेका सबै आयोजनाको आवश्यक म्याद थप गर्न माग गरेको छ ।

    अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भई कतिपय आयोजना ठप्प हुने अवस्था सिर्जना भएकाले मूल्य समायोजनका लागि व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिएको निर्माण व्यवसायी सङ्घ खोटाङले वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

    निर्माण सामग्री, इन्धन, यातायात तथा श्रमिक खर्चमा भएको निरन्तर वृद्धि कारण निर्माण व्यवसायीहरू गम्भीर आर्थिक दबाबमा परेको सङ्घको भनाइ छ ।

    समयमै मूल्य समायोजन र म्याद थपको व्यवस्था नगरे विकास निर्माणका काम थप प्रभावित हुने चेतावनी समेत दिइएको छ ।

    प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १७:५२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको