शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङमा कृषक समूह तथा कृषि फर्महरूलाई हाते ट्याक्टर वितरण

दिप्रुङमा कृषक समूह तथा कृषि फर्महरूलाई हाते ट्याक्टर वितरण

रोदिक खबर

१, जेठ २०८३
  • 1.7K
    SHARES
  • दिप्रुङमा कृषक समूह तथा कृषि फर्महरूलाई  हाते ट्याक्टर वितरण

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कृषक समूह तथा कृषि फर्महरूलाई १८ थान हाते ट्याक्टर वितरण गरेको छ।

    गाउँपालिकले कृषिमा आधुनिकीकरण र यान्त्रीकरण प्रवर्द्धन गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८२/८३ को कृषि तथा पशु विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत कृषक समूह तथा कृषि फर्महरूलाई ७० प्रतिशत अनुदानमा १८ थान हाते ट्याक्टर वितरण गरेको हो।

    गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई क्रमशः विस्थापित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्न यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    FB_IMG_1778809867293.jpgकृषकहरूलाई सहुलियतमा कृषि औजार उपलब्ध गराइएपछि खेतीपातीमा सहजता आउने, समय र श्रमको बचत हुने तथा उत्पादन लागतमा कमी आउने अपेक्षा गरिएको अध्यक्ष राईको भनाइ छ।

    हाते ट्याक्टर वितरण कार्यक्रमले व्यावसायिक कृषि प्रणालीलाई थप प्रोत्साहन सँगै कृषकहरूको आयआर्जनमा सुधार आउने तथा युवा पुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ।

    प्रकाशित मिति :जेठ १, २०८३ शुक्रवार - ०८:०४:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको