शुक्रवार, भाद्र २६ गते २०८३

कक्षा चार देखि एसईईसम्म पालिका प्रथम र दोस्रो हुने १४ जना विद्यार्थी र एक उत्कृष्ट

कक्षा चार देखि एसईईसम्म पालिका प्रथम र दोस्रो हुने १४ जना विद्यार्थी र एक उत्कृष्ट

रोदिक खबर

६, आषाढ २०८३
  • 1.3K
    SHARES
  • कक्षा चार देखि एसईईसम्म पालिका प्रथम र दोस्रो हुने १४ जना विद्यार्थी र एक उत्कृष्ट

    हलेसी । विद्यालयलाई हलेसी तुवाचुङ नगरपालिकाले नगद पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट हुने विद्यालयलाई नगद एक लाख र उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पाँच हजारदेखि ३० हजारसम्म पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी सिकाइ उपलब्धि, विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार विकास, संस्थागत सुशासन, अतिरिक्त क्रियाकलाप, पारदर्शिता, समन्वय लगायतको सुचकको आधारमा धितुङस्थित बुलापन्थे माध्यमिक विद्यालय २०८२ सालको नगर उत्कृष्ट विद्यालय बनेको छ । नगर उत्कृष्ट हुने उक्त विद्यालयलाई नगरपालिकाले शुक्रबार एक लाख पुरस्कार प्रदान गरेको हो ।

    यस्तै, शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा नगरपालिका प्रथम हुने महेन्द्रद्धोय माविका इहाङ राईलाई नगद ३० हजार र दोस्रो हुने ज्योति मावि राजापानीका नविन श्रेष्ठलाई नगद २० हजार पुरस्कार प्रदान गरिएको छ । राईले ३.३५ र श्रेष्ठले ३.३२ जीपिए ल्याएर नगर प्रथम र दोस्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र प्रसाद निरौलाले बताए ।

    यस्तै, नगरपालिकाले सञ्चालन गरेको कक्षा ४ देखि ९ सम्मको नगर स्तरीय परीक्षामा नगर प्रथम र दोस्रो हुनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । कक्षा चार नगर प्रथम बोझे ओडार आधारभूत विद्यालयकी तायुमी राई र दोस्रो सरस्वती मावि अर्खौलेका आर्डिहाङ राई भएका छन् ।

    कक्षा पाँचमा प्रथम दुधकोशी आविबाट कविता माझी र दोस्रो सोही विद्यालयबाट सुस्मत माझी भएका छन् । कक्षा छमा बुलापन्थे माविबाट अनायस राई प्रथम र शान्ति आविबाट काजल विक दोस्रो भएका छन् ।

    कक्षा सातमा कालिका माविबाट धनराम राई नगर प्रथम र लक्ष्मी माविबाट गृष्मा दाहाल दोस्रो भएका छन् । कक्षा आठमा दुधकोशी आविबाट सोनिका राई नगर प्रथम र बुलापन्थे माविबाट निशन राई दोस्रो भएका छन् ।

    कक्षा नौँमा मालिकादेवी माविबाट खुसी राई नगर प्रथम र बुलापन्थे माविबाट अनामिका राई नगर दोस्रो भएका छन् । कक्षा ४ देखि ९ सम्म हरेक कक्षाको नगर प्रथम हुनेलाई जनही १० हजार र नगर दोस्रो हुनेलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको शिक्षा शाखा प्रमुख निरौलाले बताए ।

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक वर्ष विद्यालय र विद्यार्थीलाई प्रतिस्पर्धा गराइरहेको छ ।

    प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेहरुलाई हरेक वर्ष नगर पुरस्कार पनि प्रदान गरिदै आएको नगरप्रमुख विमला राईले बताइन् । यस्तै, सोही कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका पनि घोषणा गरिएको छ ।

    नगरपालिका भित्र खोप उमेर समुहका सबै बालबालिकालाई खोप लगाइसकिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दीगोपना घोषणा गरिएको हो ।

    यस्तै, अहिले जटिल बन्दै गएकोे बाँदरको समस्या र त्यसको न्युनिकरण एवं नियन्त्रणको विषयमा पनि नगरपालिकाले किसान र सम्बन्धित निकायहरुसँग सोही कार्यक्रममा छलफल गरेको छ ।

    प्रकाशित मिति :आषाढ ६, २०८३ शनिवार - १०:५८:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको