खोटाङ। दिक्तेलस्थित माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समुद्रप्रसाद जोशी सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले विद्यालयको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद घिमिरे, तारानाथ आचार्य, नारायणदास राई, सागर जोशी, विष्णुकुमार श्रेष्ठ, भोजकुमार बस्नेत, अर्जुन के.सी. र जयनारायण कटुवाल सर्वसम्मत चयन भएका छन्। विद्यालयका प्रिन्सिपल झमरलाल चौधरी सदस्य–सचिव रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष जोशीसहितको कार्यसमितिलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकाल सफल, फलदायी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ।
२०४६ सालमा स्थापना भएको माउण्ट एभरेष्टइङ्लिस बोर्डिङ स्कुल खोटाङको निजी शैक्षिक क्षेत्रको अग्रणी विद्यालयका रूपमा परिचित छ।
नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण प्रणाली, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष जोशीले बताए ।