बाबु दाइको मिट सप' ले दिक्तेलमा कमाउँदै उपभोक्ताको विश्वास

बाबु दाइको मिट सप' ले दिक्तेलमा कमाउँदै उपभोक्ताको विश्वास

रोदिक खबर

१७, आषाढ २०८३
  • 2.2K
    SHARES
  • बाबु दाइको मिट सप' ले दिक्तेलमा कमाउँदै उपभोक्ताको विश्वास

    खोटाङ । वैदेशिक रोजगारी वा जागिरको खोजीभन्दा आफ्नै गाउँ–ठाउँमा व्यवसाय गरेर सफल बन्ने युवाको उदाहरण बनेका छन् खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३० वर्षीय रामबाबु आचार्य।

    दिक्तेल अस्पताल चोकमा सञ्चालनमा रहेको 'बाबु दाइको मिट सप' मार्फत उनले छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएका छन्। बढ्दो ग्राहकको चापका कारण कतिपय समयमा मासु दिनसमेत भ्याइनभ्याइ हुने गरेको उनी बताउँछन्।

    आचार्यले दैनिक करिब एक सय केजी खसीको मासु र झन्डै सय केजी नै कुखुराको मासु बिक्री गर्दै आएका छन्। गुणस्तरीय, ताजा र सफा मासु उपलब्ध गराएकै कारण आफ्नो पसलमा ग्राहकको आकर्षण निरन्तर बढिरहेको उनको भनाइ छ।

    उनको व्यवसायमा श्रीमती आशा रेग्मी (आचार्य) ले पनि सक्रिय साथ दिँदै आएकी छन्। श्रीमान–श्रीमतीको संयुक्त मेहनतले दुई वर्षअघि सुरु गरिएको व्यवसाय अहिले दिक्तेल बजारकै व्यस्त मासु पसलमध्ये एक बन्न पुगेको छ।

    रामबाबुका अनुसार व्यवसायमा इमानदारी, सरसफाइ, गुणस्तर र ग्राहकप्रतिको सम्मानलाई प्राथमिकता दिएकै कारण छोटो अवधिमा राम्रो सफलता हासिल गर्न सकेका हुन्। ग्राहकको माग बढ्दै गएसँगै आगामी दिनमा सेवा अझ विस्तार गर्ने योजना पनि उनले सुनाए।

    स्थानीय उत्पादन, स्वदेशमै श्रम र परिवारको सहकार्यलाई आधार बनाएर अघि बढेका रामबाबुको सफलता अन्य युवाका लागि पनि प्रेरणादायी बनेको छ। आफ्नै ठाउँमा मेहनत र विश्वासका साथ काम गरे सफलता सम्भव हुन्छ भन्ने सन्देश उनले आफ्नो व्यवसायमार्फत दिएका छन्।

    प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १९:२१:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको