खोटाङ। नेपाली सांगीतिक बजारमा नयाँ आधुनिक प्रेमगीत ‘बोल्नै छाड्यौ मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ९ मिनेट ५५ सेकेन्डको यो म्युजिक गीतको भिडियो संगम लामिछाने अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो।
गायक प्रताप दास र गायिका संगम लामिछानेको सुमधुर स्वरमा सजिएको यस गीतले प्रेम, बिछोड र सम्बन्धमा आउने भावनात्मक उतारचढावलाई मार्मिक ढंगले चित्रण गरेको छ।
गीतमा सजन पराजुलीको शब्द तथा मदन सफिक्सले संगीत तथा एरेन्ज गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।
सन्तोष राजबहाकको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियो प्रवेश घतानी सहायक निर्देशक तथा सह–कोरियोग्राफरका रूपमा रहेका छन्।
म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, जिज्ञासा बराल, मुवाजित तामाङ, उत्सव दाहाल, प्रविण भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ। उनीहरूको जीवन्त अभिनय, भावपूर्ण अभिव्यक्ति र कथावस्तुले गीतको मर्मलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
गीतको रेकर्डिङ येरिका स्टुडियोमा गरिएको हो भने डिजिटल पोस्टर डिजाइन अल्फा स्टुडियोले तयार गरेको छ। यो म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।
यसअघि ‘हे मेरो सानु’, ‘बस बस पियारी’ र ‘ए गौरी’ लगायतका चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जितेकी गायिका लामिछानेको नयाँ गीत ‘बोल्नै छाड्यौ मायालु’ ले पनि राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।