शुक्रवार, भाद्र २६ गते २०८३

पुष्पलालको ४८ औँ स्मृति दिवस खोटाङमा मनाइयो

पुष्पलालको ४८ औँ स्मृति दिवस खोटाङमा मनाइयो

रोदिक खबर

७, श्रावण २०८३
  • 2.0K
    SHARES
  • पुष्पलालको ४८ औँ स्मृति दिवस खोटाङमा मनाइयो

    खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङलेScreenshot_20260723_084114_Gallery(1).jpg नेकपाका संस्थापक महासचिव तथा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ।

    दिक्तेलस्थित भवनगैरामा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्दै एमाले खोटाङले स्मृति सभा आयोजना गरेको हो।

    जिल्ला उपाध्यक्ष कुमार आचार्यको अध्यक्षतामा तथा एमालेका कोशी प्रदेश सदस्य रामप्रसाद दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी एमालेका नेता तथा कार्यकर्ताले पुष्पलालको योगदान र नेपाली कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

    साथै, पुष्पलालले देखाएको विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

    विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गङ्गालालको भाइ हुन । 

    पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।

    विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।

    नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।

    नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । 

    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - ०८:५८:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको