शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलबजारमा देविस्थान एकता समाजको भवन उद्घाटन

दिक्तेलबजारमा देविस्थान एकता समाजको भवन उद्घाटन

रोदिक खबर

५, भाद्र २०८३
  • 1.7K
    SHARES
  • दिक्तेलबजारमा देविस्थान एकता समाजको  भवन उद्घाटन

    खोटाङ । दिक्तेलबजारमा देविस्थान एकता समाजको नवनिर्मित भवन उद्घाटन गरिएको छ। पूर्वाधार विकास कार्यालय दिक्तेलको ३० लाख रुपैयाँ बजेटमा डीजी निर्माण सेवा खोटाङले निर्माण गरेको भवनको शुक्रबार उद्घाटन गरिएको हो।

    भवनको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन्।

    Screenshot_20260821_202930_Gallery(1).jpgभवन उद्घाटन समारोहमा भवन निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने समाजका ११२ जना सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो।

    सदस्यहरूबाट संकलित आर्थिक सहयोगबाट ५ आना जग्गा खरिद गरिएको थियो भने स्थानीय लक्ष्मण बुढाथोकीले थप ५ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि समाजको भवन निर्माण सम्भव भएको हो।

    नवनिर्मित भवनमा समाजका नियमित गतिविधिसँगै विभिन्न सामाजिक कार्यक्रम तथा संस्कार र संस्कृतिअनुसारका कार्यक्रमसमेत सञ्चालन गर्न सकिने समाजका अध्यक्ष युवराज बस्नेतले बताए। समाजमा हाल ११२ जना सदस्य आबद्ध रहेका छन्।Screenshot_20260821_202215_Gallery(1).jpg

    Screenshot_20260821_202249_Gallery(1).jpg

    प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - २०:२६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको