शुक्रवार, भाद्र २६ गते २०८३

भोटेकोशी बाढीको कहरः मृतकको संख्या १५७ पुग्यो, अझै ४७ शवको पहिचान खुल्न बाँकी

भोटेकोशी बाढीको कहरः मृतकको संख्या १५७ पुग्यो, अझै ४७ शवको पहिचान खुल्न बाँकी

रोदिक खबर

११, भाद्र २०८३
  • 582
    SHARES
  • भोटेकोशी बाढीको कहरः मृतकको संख्या १५७ पुग्यो, अझै ४७ शवको पहिचान खुल्न बाँकी

    काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

    प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । नुवाकोटमा छ महिला र सात पुरुषको शव भेटिएको छ ।

    धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान नखुलेका छ जनाको शव भेटिएको छ ।

    गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।

    प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।

    त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ ।

    यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ ।

    प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - ०६:४०:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको