शुक्रवार, भाद्र २६ गते २०८३

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

रोदिक खबर

२६, भाद्र २०८३
  • 421
    SHARES
  • प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

    खोटाङ, २६ भदौ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन भएका छन् । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशन तथा ११ औँ साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत् चयन भएका हुन् ।

    प्रेस युनियन खोटाङको नवनिर्वाचित जिल्ला अध्यक्ष शेर्पा नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको उपाध्यक्ष हुन । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाईम्स दैनिकका खोटाङ सम्वाददाता रहेका शेर्पा यसअघि प्रेस युनियन खोटाङको उपाध्यक्ष थिए ।

    ११ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष मनिता राई चयन भएका छन् । जिल्ला सदस्यहरुमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई चयन भएका छन् ।

    युनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगिन राई र एल्जिसा राई तथा सङ्घीय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौलागाई, राजकुमार भट्टराई, रविना सुवेदी (खत्री) र खिलन राई चयन भएको निर्वाचन समितिका संयोजक दिलीप खत्रीले जानकारी दिए ।

    नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई युनियनका केन्द्रीय प्रतिनिधि कृष्ण आचार्यले पद तथा गोपणीयताको शपथ ग्रहण गराएका थिए ।

    दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित जिल्ला अधिवेशन तथा साधारणसभाको उद्घाटन नेपाली काँग्रेसका कोशी प्रदेश समितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्र राईले गरेका थिए ।

    उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्य तथा विभिन्न पेसागत सङ्घसङ्गठनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - १९:५८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको