शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

उदयपुरमा लागुऔषधसहित ८ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित ८ जना पक्राउ

रोदिक खबर

८, आश्विन २०७७
  • 2.5K
    SHARES
  • उदयपुरमा लागुऔषधसहित ८ जना पक्राउ

    उदयपुरबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे सात बजे प्रहरीले त्रियुगा नगरपालिका-२ स्थित फत्तेपुरबाट उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा त्रियुगा-१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, सागर पौडेल, २२ वर्षीय शिव अधिकारी, विशाल मगर र २४ वर्षीय दिलिप घिमिरे छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो।

    नियन्त्रणमा लिएपछि जाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

    उनीहरूले प्रयोग गरेको स १ प ३२२४ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ। त्यस्तै उनीहरूमाथि सोधपुछ तथा अनुसन्धानपछि थप दुई जनालाई पक्राउ गरिएको छ।

    पक्राउ परेका थप दुई जनामा उदयपुर त्रियुगा-६ लालपत्ताबाट सप्तरी कृष्णसबरमका ३१ वर्षीय प्रबेश मिया र २६ वर्षीया हजारुम खातुन छन्।  प्रहरीका अनुसार उनीहरू श्रीमान् श्रीमती हुन्।

    उनीहरूबाट पनि लागु औषध फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - २०:४५:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको