शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा ‘बालमन्दिर कांग्रेस’को चर्चा, अधिवेशनलाई लिएर बढ्यो असन्तुष्टि

खोटाङमा ‘बालमन्दिर कांग्रेस’को चर्चा, अधिवेशनलाई लिएर बढ्यो असन्तुष्टि

रोदिक खबर

८, आश्विन २०८३
  • 5.7K
    SHARES
  • खोटाङमा ‘बालमन्दिर कांग्रेस’को चर्चा, अधिवेशनलाई लिएर बढ्यो असन्तुष्टि

    खोटाङ । नेपाली कांग्रेस खोटाङमा पछिल्लो समय ‘बालमन्दिर कांग्रेस’ भन्ने शब्द चर्चामा आएको छ। कांग्रेसको वडा र पालिका अधिवेशनको प्रक्रियालाई लिएर केही नेता–कार्यकर्तामा असन्तुष्टि बढेसँगै ‘बालमन्दिर कांग्रेस’ को हो भन्ने विषयमा पार्टीभित्र र बाहिर चर्चा हुन थालेको हो।

    नेपाली कांग्रेस खोटाङको असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशन तथा असोज ७ गते सम्पन्न पालिका अधिवेशनका विषयमा केही नेता–कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

    अधिवेशनको प्रक्रिया, नेतृत्व चयन तथा पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई लिएर असन्तुष्टि व्यक्त हुन थालेपछि ‘बालमन्दिर कांग्रेस’ भन्ने शब्द सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चामा आएको हो।

    यसैबीच नेपाली कांग्रेस खोटाङका पूर्वसहसचिव प्रदीप कार्कीले सामाजिक सञ्जालमार्फत ‘बालमन्दिर कांग्रेस’ छोडेको घोषणा गरेपछि यो विषय थप चर्चामा आएको छ।

    कार्कीको घोषणासँगै ‘बालमन्दिर कांग्रेस’ भन्नाले कांग्रेसको कुन समूह, संरचना वा नेतृत्वलाई जनाइएको हो भन्नेबारे जिल्लामा विभिन्न कोणबाट बहस सुरु भएको छ।

    कार्कीले सामाजिक सञ्जालमा लेख्दै ‘बालमन्दिर कांग्रेस’ छोडेको घोषणा गरे पनि उनले त्यसको सन्दर्भमा विस्तृत धारणा भने सार्वजनिक गरेका छैनन्। यद्यपि, उनको अभिव्यक्तिलाई कांग्रेसको पछिल्लो अधिवेशनसँग जोडेर हेर्न थालिएको छ।

    कांग्रेसभित्र हुने आन्तरिक विवाद र असन्तुष्टि नयाँ विषय नभए पनि सार्वजनिक रूपमा ‘बालमन्दिर कांग्रेस’ जस्तो शब्द प्रयोग हुन थालेपछि यसले पार्टीभित्रको गुटगत तथा नेतृत्वसम्बन्धी बहसलाई सतहमा ल्याएको देखिन्छ।

    असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशन तथा असोज ७ गतेको पालिका अधिवेशनपछि उत्पन्न असन्तुष्टि आगामी दिनमा कसरी सम्बोधन हुन्छ भन्ने विषयले पनि कांग्रेस खोटाङको आन्तरिक राजनीतिमा अर्थ राख्ने देखिएको छ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - ०९:४८:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको