बिहिवार, कार्तिक १३ गते २०८३

भारी वर्षाको सम्भावनापछि कांग्रेस खोटाङको प्रतिनिधि सभा र प्रदेशसभा अधिवेशन स्थगित

भारी वर्षाको सम्भावनापछि कांग्रेस खोटाङको प्रतिनिधि सभा र प्रदेशसभा अधिवेशन स्थगित

रोदिक खबर

८, आश्विन २०८३
  • 617
    SHARES
  • भारी वर्षाको सम्भावनापछि कांग्रेस खोटाङको प्रतिनिधि सभा र प्रदेशसभा  अधिवेशन स्थगित

    खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको छ। जिल्ला कार्यसमितिले बिहीबार सूचना जारी गर्दै मौसमविद् तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले अधिवेशन स्थगित गरिएको जनाएको हो।

    यसअघि नेपाली कांग्रेस खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्धारण गरेको थियो।

    तर, प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जिल्ला कार्यसमितिका सचिव समीर राईद्वारा जारी सूचनामा उल्लेख छ। मौसमको अवस्था र अनुकूलता हेरी अधिवेशनको नयाँ मिति तय गरिने कांग्रेस खोटाङले जनाएको छ।

    जिल्ला कार्यसमितिले भारी वर्षाको सम्भावनाका कारण जिल्लावासीलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १५:०४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको