बिहिवार, कार्तिक १३ गते २०८३

एमाले खोटाङका नेता बबी चाम्लिङ केन्द्रीय सदस्यमा मनोनित

एमाले खोटाङका नेता बबी चाम्लिङ केन्द्रीय सदस्यमा मनोनित

रोदिक खबर

८, आश्विन २०८३
  • 918
    SHARES
  • एमाले खोटाङका नेता बबी चाम्लिङ केन्द्रीय सदस्यमा मनोनित

    खोटाङ । नेकपा (एमाले) खोटाङका नेता बबी चाम्लिङ पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। एमालेको आज बसेको सचिवालय बैठकले चाम्लिङलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य तथा केन्द्रीय जनवर्गीय संगठनका इन्चार्ज विशाल भट्टराईले बताए ।

    चाम्लिङ लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। पार्टी संगठन निर्माण तथा जिल्लाको राजनीतिक गतिविधिमा उनको सक्रिय भूमिका रहँदै आएको छ।

    सचिवालय बैठकको निर्णयसँगै चाम्लिङले एमालेको केन्द्रीय नेतृत्वमा औपचारिक जिम्मेवारी पाएका छन्।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १६:३०:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको