बिहिवार, कार्तिक १३ गते २०८३

रङ नहालेको चिया र कोइराला, देउवाबिनाको कांग्रेसको कुनै अर्थ छैन : निरौला

रङ नहालेको चिया र कोइराला, देउवाबिनाको कांग्रेसको कुनै अर्थ छैन : निरौला

रोदिक खबर

९, आश्विन २०८३
  • 862
    SHARES
  • रङ नहालेको चिया र कोइराला, देउवाबिनाको कांग्रेसको कुनै अर्थ छैन :   निरौला

    खोटाङ । नेपाली कांग्रेस खोटाङका पूर्व महासमिति सदस्य पदमकुमार निरौलाले पार्टीको विचार, सिद्धान्त र एकताका लागि आफूले क्षेत्रीय तथा प्रदेश अधिवेशनमा सहभागी नहुने निर्णय गरेको बताएका छन्।

    केपिलासगढी गाउँपालिका-५ सप्तेश्वर निवासी निरौलाले नियमविपरीत हुन लागेको भन्दै दुईवटा महाधिवेशनमा आफू र आफ्नी श्रीमतीले क्षेत्रीय तथा प्रदेश अधिवेशनमा सहभागी नहुने निर्णय गरेको आफ्नो फेसबुक वालबाट स्टाटस मार्फत यस्तो बताएका हुन्।

    ‘रङ नहालेको चिया र कोइराला, देउवाबिनाको कांग्रेसको कुनै अर्थ छैन,’ निरौलाले भनेका छन्, ‘त्यसैले खोटाङ कांग्रेसका सबैभन्दा ज्येष्ठ क्रियाशील सदस्यका रूपमा म कांग्रेसको विचार, सिद्धान्त र एकताका लागि जिउँदो सहिदका रूपमा उभिएको छु।’ उनले पार्टीभित्रको आपसी एकता र संस्थागत विधि कायम रहनुपर्नेमा जोड दिएका छन्।

    आफ्नो निर्णय कुनै व्यक्ति वा समूहको विरोधका लागि नभई कांग्रेसलाई एकढिक्का बनाउने उद्देश्यले भएको उनको भनाइ छ। ‘हाम्रो एउटै भावना र चाहना हो—पार्टी एकढिक्का होस्, आपसी एकता कायम रहोस् र कांग्रेस बलियो बनोस्,’ निरौलाले भने।

    उनले पार्टीको विधि, विधान र स्थापित मान्यताअनुसार अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

    लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका निरौलाले पार्टीको आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

    प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - १२:५८:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको