बिहिवार, कार्तिक १३ गते २०८३

सुरु भयो दिक्तेलनगरमा कांग्रेसको किचलो

सुरु भयो दिक्तेलनगरमा कांग्रेसको किचलो

रोदिक खबर

९, आश्विन २०८३
  • 2.3K
    SHARES
  • सुरु भयो दिक्तेलनगरमा कांग्रेसको किचलो

    खोटाङ । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। ७ असोजबाट निर्वाचन समितिले सार्वजनिक शुरू गरेको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली टाँसेपछि असन्तुष्ट पक्षले उक्त विवरण च्यातिदिएसँगै विवाद सतहमा आएको हो।

    निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले निर्वाचन समितिले टाँसेको उम्मेदवारहरूको विवरण च्यातेर हटाएको जनाइएको छ। त्यसपछि अधिवेशन प्रक्रिया र उम्मेदवारीलाई लिएर कांग्रेसभित्र दुईथरी धारणा देखिएको छ।

    एक पक्षले कुनै पदमा एकल उम्मेदवारी परेको अवस्थामा सम्बन्धित उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गर्नुपर्ने माग राखेको छ भने अर्को पक्षले निर्धारित निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारी दर्ता गरी प्रतिस्पर्धामा जान पाउनुपर्ने अडान राख्दै आएको छ। नगर सभापति पदमा प्रकाशकुमार श्रेष्ठ र रामचन्द्र राईको उम्मेदवारी परेको जनाइएको छ।

    उम्मेदवारी दर्ता, नामावली प्रकाशन तथा निर्विरोध घोषणा गर्ने विषयमा देखिएको मतभेदले नगर अधिवेशनको वातावरण प्रभावित भएको छ।

    काम गर्ने क्रममा त्यहाँ खटिएका मतदान अधिकृतको केही त्रुटि भएकोले केही विवाद आएको छ अब त्यस विवादलाई समाधान गर्दै सहमतिका आधारमा नयाँ निर्वाचन कार्यतालिका अनुसार अधिवेशनको प्रक्रिया अगाडि मुख्य निर्वाचन अधिकृत मुक्तिनाथ आचार्यले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - १४:२९:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको