शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

एसिड आक्रमण सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित : २५ वर्षसम्मको जेल सजाय !

एसिड आक्रमण सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित : २५ वर्षसम्मको जेल सजाय !

रोदिक खबर

९, आश्विन २०७७
  • 3.2K
    SHARES
  • एसिड आक्रमण सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित  : २५ वर्षसम्मको जेल सजाय !

    काठमाडौं । एसिडको बिक्रि वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न सरकारले अध्यादेश पारित गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    एसिड आक्रमणबाट यदि कसैको मृत्यु भएमा जन्मकैद (२५ वर्ष) सम्म हुने प्रावधान अध्यादेशमा रहेको छ । एसिड आक्रमण गरेर सामान्य क्षति पुगे पनि कसुरदारलाई न्युनतम दश वर्षसम्म कैद हुने, सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने, पालन पोषणको गराउने जस्ता विषय समेटिएका छन्।

    अध्यादेशमा बहिरक्षेत्रीय अधिकार प्रावधान राखिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताएका थिए ।

     

    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - ०९:२२:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको