शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई सहयोग 

भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई सहयोग 

रोदिक खबर

९, आश्विन २०७७
  • 4.5K
    SHARES
  • भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई सहयोग 

    खोटाङ । संयुक्त आवाज परिवर्तन समाज नेपालले खोटाङका पहिरो पीडित बृद्ध दम्पत्तीलाई आर्थिक सहयोग गरेको छ । पहिरोका कारण भत्किएको घर पुःर्ननिर्माणका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर खत्री र जानुकामाया खत्रीलाई आर्थिक सहयोग गरेको हो ।

    गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि सहयोग अभियान चलिरहेका बेला समाजले वृद्ध दम्पत्तीलाई १७ हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

    healp.jpg

    समाजले संकलन गरेको रकम शुक्रबार खोटाङखबर साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईमार्फत खत्री दम्पत्तीका छिमेकी इच्छुराम रानालाई हस्तान्तरण गरिएको छ ।

    बृद्धवृद्धाको घर निर्माणका लागि संकलन गरिएको रकम छिमेकीमार्फत पठाइएको संयुक्त आवाज परिवर्तन समाज नेपालकी संस्थापक सदस्य कृष्णकला राईले बताईन् । पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण बृद्ध दम्पत्तीलाई सहयोग संकलन गरे पठाइएको समाजले जनाएको छ । 

    वृद्धवृद्धाको घर निर्माणका लागि छिमेकी थिरेन्द्र भट्टराईको नेतृत्वमा सहयोग अभियान सञ्चालन भइरहेको छ । खत्री दम्पत्तीको सहयोगमा हालसम्म दुई लाख ५० हजारको हाराहारीमा रकम संकलन भइसकेको अभियान्ता भट्टराईले बताए ।

    एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् । ‘वृद्धवृद्धाको घर बनाउनका लागि थिरेन्द्र भट्टराईले अभियान चलाइरहनु भएको छ,’ संस्थापक राईले भनिन्, ‘त्यही भएर हामीले पनि आर्थिक सहयोग पठाएका हौँ । असहाय परिवारको सहयोगमा हातेमालो गरेका हौँ ।’ 

    केही समयअघि यूकेमा रहेकी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउनका लागि २० हजार सहयोग पठाएकी थिईन् । 



    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १८:४०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको