शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आजबाट मौसममा क्रमिक सुधार हुने, यस्तो छ आज वर्षाको सम्भावना   

आजबाट मौसममा क्रमिक सुधार हुने, यस्तो छ आज वर्षाको सम्भावना   

रोदिक खबर

१०, आश्विन २०७७
  • 2.9K
    SHARES
  • आजबाट मौसममा क्रमिक सुधार हुने, यस्तो छ आज वर्षाको सम्भावना   

    काठमाडौं । केही दिनदेखिको निरन्तरको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमपुर्वान्मान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् ।

    मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ । आज कर्णाली प्रदेश, सुदुर पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

    यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थोरै स्थानहरुमा मेग गर्जन र चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार आगामी २ दिन यस्तो छ वर्षाको सम्भावना :

    असोज ११ गते आइतबार
    दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    असोज १२ गते सोमबार
    दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

    प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - ०९:५३:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको