शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट, सेनाले थाल्यो छानविन

कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट, सेनाले थाल्यो छानविन

रोदिक खबर

१०, आश्विन २०७७
  • 2.5K
    SHARES
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट, सेनाले थाल्यो छानविन

    अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृतले जवानलाई कुटपिट गरी सख्त घाइते बनाएपछि अनुशासन उल्लंघन गरेको विषयमा छानविन सुरू भएको छ।

    शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको भन्दै सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो। मेजरको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी छानविन थालिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

    बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। कुटपिटको खबर सामाजिक सञ्जालबाट बाहिर आएपछि जंगी अड्डाले छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

    सुरापान गरेर सहसेनानीत्रय इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गरेर नायक नवराज माझीलाई मरणासन्न अवस्थामा पुर्याएको पाइएको छ। कुटपिटबाट माझीको तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ।

    प्रारम्भिक छानविनमा क्याप्टेनहरू र सैनिक जवानबीच झगडा हुँदा जवानमाथि कुटपिट भएको पाइएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो। पौडेलले छानविन एक साताभित्रै सकिने बताए।

    कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ। एक वर्षअघि खटिएको यो पल्टन असोजमै नेपाल फर्किंदैछ। त्यसपछि अर्को पल्टन कंगो जानेछ।

    प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - २१:३२:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको