शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु

सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु

रोदिक खबर

११, आश्विन २०७७
  • 1.8K
    SHARES
  • सामरी खोलाले बगाउँदा  दम्पतीको मृत्यु

    हेटौंडा । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।

    खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

    शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । स्थानीय खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १५:०४:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको