शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी

रोदिक खबर

१२, आश्विन २०७७
  • 2.4K
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्नेलगायत अन्य कडा प्रावधान राखिएको छ ।

    त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १७:१३:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको