बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्वारा ३० जिल्लामा सहयोग

बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्वारा ३० जिल्लामा सहयोग

रोदिक खबर

२, भाद्र २०७७
  • 3.7K
    SHARES
  • बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्वारा ३० जिल्लामा सहयोग

    काठमाडौं । नेपाली कांग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा कांग्रेसले आफ्नो तर्फबाट सहयोग गरेको बताए ।
    बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोगका रुपमा १ लाख ५० हजारका दरले ३० जिल्लामा रकम दिने निर्णय भएको उनको भनाइ छ ।

    ती जिल्लामा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन् ।

    nc.jpg

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १८:३९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको