राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

रोदिक खबर

२, भाद्र २०७७
  • 3.6K
    SHARES
  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलवार १ सय १ वर्षको उमेरमा निवासमा  निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए ।

    उनको जन्म  वि.स. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

    उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - २१:५५:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको