शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन

आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन

रोदिक खबर

१५, आश्विन २०७७
  • 2.3K
    SHARES
  • आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन

    काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ । सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

    यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

    सरकारले हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले  सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।  (रातोपाटी अनलाइनबाट ।)

    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:२९:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको