भोलिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा

भोलिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा

रोदिक खबर

२, भाद्र २०७७
  • 3.2K
    SHARES
  • भोलिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

    अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सवेा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि  साढे ५ बजेसम्म आवागन गर्न सक्नेछन् ।

    होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - २२:००:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको