शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता

बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता

रोदिक खबर

१६, आश्विन २०७७
  • 1.9K
    SHARES
  • बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता

    बाजुरा । बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

    उनीसँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएको उनले जानकारी दिए । घटनास्थलबाट नजिक पर्ने प्रहरी चौकी बिछियामा उनीहरु नुहाउने क्रममा दिउँसो पौने ३ बजे बगेर बेपत्ता भएको जानकारी आएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

    अहिले उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलमा गएको छ । प्रहरी चौकी बिछियाबाट असई कर्ण बुढा र इलाका प्रहरी कार्यालय बुढीगंगाबाट सई नरेश शाहीको टोली घटनास्थलमा गएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार ती महिला घरबाट रिसाएर निस्केकी थिइन् ।

     

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - २०:५५:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको