शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दिक्तेलबजारमा म्याद नाघेका खाद्य सामग्री बरामद 

दिक्तेलबजारमा म्याद नाघेका खाद्य सामग्री बरामद 

रोदिक खबर

१८, आश्विन २०७७
  • 4.0K
    SHARES
  • दिक्तेलबजारमा म्याद नाघेका खाद्य सामग्री बरामद 

    खोटाङ । खोटाङको दिक्तेलबजारमा १६ हजारभन्दा बढि मूल्याको म्याद नाघेका खाद्य सामग्री बरामद गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, पशुसेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, करदाता सेवा कार्यालय र उद्योग बाणिज्य संघले शनिबार गरेको बजार अनुगमनकाक्रममा म्याद नाघेका १६ हजार ८७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरिएको हो ।

    bazar anugaman1.jpg

    ६८ वटा पशल अनुगमन गर्दा फेला म्याद नाघेका तथा अखाद्यवस्तु बरामद गरेर नष्ट गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका बजार अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले बताए । 

    दशैं तिहार नजिकिँदै गरेको तथा कोभिड–१९ को महामारीको बेला टोलीले बजारका खाद्य तथा किराना पशल, मासु पशल, मेडिकल पशल, एग्रोभेट लगायतका पशल अनुगमन गरेको हो ।

    टोलीले म्याद नाघेको चकलेट, बिस्कुट, चाउचाउदेखि पानीसम्म फेला पारेको बजार अनुगमन टोलीका संयोजक सिताराम बताए । 

    प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ००:१७:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको