शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

तपाईंलाई सोच्न बाध्य तुल्याउने ओशोका ७ अभिव्यक्ति

तपाईंलाई सोच्न बाध्य तुल्याउने ओशोका ७ अभिव्यक्ति

रोदिक खबर

२०, आश्विन २०७७
  • 3.1K
    SHARES
  • तपाईंलाई सोच्न बाध्य तुल्याउने ओशोका ७ अभिव्यक्ति

    (एजेन्सी) । सन् १९३१ मा भारतको भोपालमा जन्मिएका चन्द्र मोहन जैन, जसलाई हामी आचार्य रजनिश वा ओशो भनेर चिन्छौँ, उनी प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् ।

    ५८ वर्षको उमेरमा निधन हुनअघि उनले आफ्नो जीवनको अधिकांश समय प्रवचनमै बिताए । भारतबाट अमेरिका गएपछि उनले त्यहाँ रजनिशपुर नामक समुदाय नै गठन गरेका थिए ।

    उनको जीवन विवाद र आलोचनाबाट मुक्त छैन । तर, यस अवधिमा उनले आफ्नो चमत्कारिक भाषणकलामार्फत धेरैको जीवन बदले, दशौँ लाख अनुयायी बनाए ।

    ओशोलाई बुझ्नेहरु भन्छन्,‘उनी समाजका गहिरा मान्यताहरुसँग लड्ने क्षमता भएका क्रान्तिकारी थिए ।’ हामी यहाँ ओशोका ७ चर्चित अभिव्यक्तीबारे चर्चा गर्दैछौं ।

    माया प्रशंशा हो

    यदी तपाईं फुल मन पराउनुहुन्छ भने नटिप्नुस् किनकी यसलाई टिप्दा यो मर्छ र तपाईंको माया समाप्त हुन्छ । त्यसैले यदी फुल मन पराउनुहुन्छ भने यसलाई जस्ताको त्यस्तै छाडिदिनुस् । प्रेम आक्रामकता होइन, यो प्रशंशा हो ।

    प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन

    यदी हामीले हाम्रो प्रिय व्यक्तिलाई सिमित गर्न चाह्यौँ भने वा परिवर्तन हुनका लागि माग ग¥यौँ भने हामी त्यो व्यक्ति रहँदैनौँ जसले प्रेम गर्छ ।   त्यसैले अरुलाई सम्मान गर्नु र उनीहरु जस्तो छन्, त्यस्तै रहन दिनु महत्त्वपूर्ण छ ।

    पाको हुनुले मौलिकता स्वीकारिरहेको हुन्छ

    तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यही रहनुस् । अर्को बन्ने प्रयास नगर्नुस् र तपाईं पाको बन्नुहुनेछ । पाकोको हुुनुले मौलिक हुने कुरालाई स्वीकारेको हुन्छ, मूल्य जेसुकै होस् ।

    सधैँ खुसी रहनुस्

    आफैमा मस्त रहनुस् । यदी काममा तपाईं खुसी हुनुुहुन्न भने परिवर्तन गर्नुस् । ढिलाइ नगर्नुस् ।

    तपाईं पृथक हुनुहुन्छ

    कोही पनि उच्च छैन, कोही पनि निच छैन । तर, कोही समान पनि छैनन् । मानिसहरु सामान्य र पृथक नै छन्, अतुलनीय छन् । तपाईं तपाईं हुनुहुन्छ, म म नै हुँ । मैले मेरो जीवनमा मेरो सम्भावनाको योगदान गर्नुपर्छ, तपाईंले तपाईंको सम्भावनाको योगदान गर्नुपर्छ । मैले आफैलाई खोज्नुपर्छ, तपाईंले तपाईं  आफैलाई खोज्नुपर्छ ।

    डर बिना बाँच्नुस्

    डर सकिएपछि जीवन सुरु हुन्छ । डरले सीमित बनाइदिन्छ, बन्धनमा पार्छ र सानो बनाइदिन्छ । यसले हाम्रो जीवन चोरेर लैजान्छ । हामी जे कुरामा डराएका छौँ, त्यसलाई बहादुर भएर सामना गर्नुपर्छ ।

    आफैभित्र रमाउनुस्

    यदी तपाईं आफैं आफुसँग रमाउन सक्नुहुन्न भने को तपाईंसँग रमाउन सक्ला रु त्यसैले आफैलाई माया गर्नुस् ।

    (एजेन्सी)

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०७:४१:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको