दृष्टिविहिनले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा

दृष्टिविहिनले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा

रोदिक खबर

२, भाद्र २०७७
  • 5.2K
    SHARES
  • दृष्टिविहिनले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा

    नेपाल राष्ट्र बैंकले पहिलो पटक फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले पहिचान गर्न सक्ने हजारको नयाँ नोट चल्तीमा ल्याएको छ। साउन ७ गते देखि चलनचल्तीमा ल्याएको उक्त नोटको बायाँ तर्फ ४ मिलीमिटर चौडाई भएको चलाएमान एनआरबी अंकित भएको सुरक्षण धागो रहेको छ।

    नोटको दायाँ तर्फ तल्लो भागमा फरक क्षमता भएका विशेष गरी देृष्टिविहीन ब्यक्तिहरुले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर एम रहेको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र छ।

    नोटको दायाँ तर्फ लालीगुराँस र एक हजार दरको नोट जनाउने अंग्रेजी अंकको पानीछाप रहेको नोट बजारमा आएको हो। दक्षिण एसियामै पहिलो पटक यस्तो नोट ल्याएको राष्ट्र बैंकले जनाएको छ। निकै सुरक्षित विशेषतासहितको यस्तो नोट अमेरिकी डलरको विशेषतामा आधारित भएर ल्याइएको राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामण्ाि शिवाकोटीले बताए।

    ‘नेपालमै पहिलो पटक नयाँ सुरक्षण धागो रहेको र मेसिन रिडेबल नोट राष्ट्र बैंकले ल्याएको हो,’ डेपुटि गभर्नर शिवाकोटीले नागरिकसँग भने ‘अब हाम्रो हजारको नोटको कसैले पनि नक्कली नोट बनाउन सक्दैन।’ उनले थपे ‘निकै सस्तो मूल्यमा विश्वकै उत्कृष्ट विशेषतामा आधारित नेपाली हजारको नोट छापिएको हो।’

    बैंकका अनुसार ३१ करोड थान नयाँ विशेषताको हजारको नोट छापिएको हो। प्रति नोट ३ रुपियाँ ३७ पैसा परेको छ। नोटमा लाइट बाल्दा नोटको सेतो भाग हिमाल झै टल्किन्छ।

    डेपुटि गवर्नर शिवाकोटीले पुरानो हजारको नोटमा एउट हात्ती रहेको तर त्यसको पहिचान नभएकोले थुप्रै पश्न उठ्ने गरेको जनाउँदै नयाँ नोटमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाली हात्तीको चित्र अंकित गरिहेको छ।

    ‘नयाँ हजारको नोटको मध्य भागम चितवन जिल्लामा रहेको सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरुमध्ये देवीकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम लक्षमण भनी चिनिने जुम्ल्याहा हात्तीहरुको चित्र राखिएको छ,’उनले नागरिकसँग भने ‘हाम्रै देशको पहिचान भएको हात्तीको चित्र राख्दा पर्यटकको पनि आकर्षणको बढ्छ।’

    उनले थपे ‘हजारकै विशेषता भएको ५ सयको नोटको लागि पनि बैंकले टेन्डर आह्वान गरिसकेको छ।’उनले थपे ‘ सस्तो र निकै सुरक्षित धागो भएकोले अब ५ सयको नोट पनि बैंकले छिटै ल्याउने कामा सुरु गरिसकेको छ।’

    विसं २०६५ साल भदौं २४ गते राम र भदौं २५ गते लक्ष्मणको जन्म आमा देवीकलीबाट भएकोे थियो। ४८ वर्षीय देवीकलीले रामलक्ष्मणको जन्मपछि हालसम्म कुनै पनि हात्ती जन्माएकी छैनन्।

    विगत तीन वर्षदेखि स्वास्थ्यमा गढबढी भएपछि राम र लक्ष्मण छुटिएर बसेका छन्। हाल राम चितवनको कसारामा बस्छन् भने लक्षमण चितवनको सौराहामा बसिरहेका छन्। एक वर्ष देखि देवीकली पनि चितवनको कासारामै बस्छिन्।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - २३:४३:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको