शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डा. केसीको उपचारमा संलग्न चिकित्सक भन्छन्- ‘हृदयघातको जोखिम बढ्यो’

डा. केसीको उपचारमा संलग्न चिकित्सक भन्छन्- ‘हृदयघातको जोखिम बढ्यो’

रोदिक खबर

२३, आश्विन २०७७
  • 1.8K
    SHARES
  • डा. केसीको उपचारमा संलग्न चिकित्सक भन्छन्- ‘हृदयघातको जोखिम बढ्यो’

    काठमाडौं । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विभिन्न मागहरुसहित विगत २६ देखि अनसनरत डा केसीको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम बढेको बताएका छन् ।

    उनको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै कुनै पनि बेला इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउनसक्ने खतरा रहेको बताएका हुन् ।

    तर डा केसीले कुनैपनि किसिमको परीक्षण गर्न मानिरहेका छैनन् । उनलाई अहिले छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने लगायतका समस्याहरु रहेको छ। उनको उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ।

    शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र निमोनियाँको लक्ष्यण देखिएको चिकित्सकहरुले बताएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘थोरै बोल्दा पनि सास फेर्न गाह्रो हुने समस्या छ।

    आज करिब १ः १५ बजे सास फेर्न गाह्रो भयो। साधारणतया सामान्य मानिसमा अक्सिजनको मात्रा ९६र९७ देखि १०० प्रतिशत हुनुपर्छ, तर उहाँमा अक्सिजन नलगाइको अवस्थामा ८६र८७ प्रतिशत छ,’ । स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनको आज छातीको सिटिस्क्यान र एक्सरे गरिएको छ।

    प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १६:५३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको