शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा वडाध्यक्ष न्यौपानेको निधन

प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा वडाध्यक्ष न्यौपानेको निधन

रोदिक खबर

२३, आश्विन २०७७
  • 1.8K
    SHARES
  • प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा वडाध्यक्ष न्यौपानेको निधन

    दाङ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज बिहान साढे १० बजे बाटामा नै उहाँको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । 

    नेपाली कांग्रेसबाट  निर्वाचित पैँसठ्ठी वर्षीय न्यौपानेलाई  केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो । यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । रासस

    प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - २३:२३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको