शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

रोदिक खबर

३०, आश्विन २०७७
  • 4.2K
    SHARES
  • ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

    ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने नवलपरासीका नविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको निर्देशनमा फेसबुक ग्रुपमाथि अनुसन्धान थालेको प्रहरीले बस्नेतलाई नवलपरासीबाट पक्राउ पक्रउ गरेको हो । पक्राउ परेका बस्नेतलाई काठमाण्डौ ल्याएको प्रहरीले जनाएको छ । 

    समाजमा बलात्कार र महिला हिंसाका घटना बढेसँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भइरहेका छन्। केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन समेत गरेका थिए।

    अश्लील विषयहरु लेखिएका ग्रुपमा सर्वत्र चासो भएपछि प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको थियो।

     

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १८:००:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको