शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शनिबार थपिए ३ हजार १६७ जना कोरोना संक्रमित

शनिबार थपिए ३ हजार १६७ जना कोरोना संक्रमित

रोदिक खबर

१, कार्तिक २०७७
  • 2.4K
    SHARES
  • शनिबार थपिए  ३ हजार १६७ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १७:१७:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको