प्राकृतिक विपत्तिबाट पीडित व्यवसायीलाई वाणिज्य संघले गर्‍यो आर्थिक सहयोग

प्राकृतिक विपत्तिबाट पीडित व्यवसायीलाई वाणिज्य संघले गर्‍यो आर्थिक सहयोग

रोदिक खबर

३, कार्तिक २०७७
  • 2.8K
    SHARES
  • प्राकृतिक विपत्तिबाट पीडित व्यवसायीलाई वाणिज्य संघले गर्‍यो आर्थिक सहयोग

    खोटाङ उद्योग वाणिज्य संघले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । वर्षा, आगलागी, सडक दुर्घटना जस्ता विपत्तिबाट पीडित भएका व्यवसायीलाई वाणिज्य संघले आफ्नो राहत कोषबाट राहत रकम प्रदान गरेको हो ।

    b1.jpg

    सोमबार राहत प्रदान एबं राहत वितरण सार्वजनिकीकरण कार्यक्रम गर्दै वाणिज्य संघले वर्षाका कारण घरमा क्षती पुगेका व्यवसायी जागिरमान विकलाई २५ हजार, सुधिर शाक्यलाई २५ हजार, बोलेरो दुर्घट्नामा सामान गुमाएर क्षती बेहोरेका गयाकुमार बजिमयलाई १० हजार,  बोलेरो दुर्घटना हुँदा क्षती पुगेका व्यवसायी फुर्वा शेर्पालाई १० हजार, आगलागी पीडित गोबिन्द कट्वालाई २० हजार, आगलागी पीडित रोशन सैंजुलाई २५ हजार र ट्रक दुर्घटना बेहोरेका हिराकाजी खत्रीलाई ४० हजार राहत  प्रदान गरेको छ । पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले राहत वापत चेक हस्तान्तरण गरेका छन् । 

    यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक तथा दैवी विपत्तीको मारमा परेका व्यवसायीलाई १ लाख ५५ हजार राहत प्रदान गरेको वाणिज्य संघले जानकारी दिएको छ । 

     

    प्राकृतिक तथा दैवी विपत्तिको मारमा परेका व्यवसायीलाई सहयोग गर्ने लक्ष्यकासाथ स्थापना गरिएको राहत कोषबाट उनीहरुलाई सहयोग प्रदान गरिएको हो । बाणिज्य संघका पदाधिकारीले वार्षिक रुपमा जनही पाँच सय राहत कोषमा जम्मा गर्ने र पिडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए ।

    राहत हस्तान्तरण कार्यक्रममा वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र लयालु,बरिष्ट उपाध्यक्ष समुन्द्रप्रसाद जोशी, संघका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १२:५८:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको