शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गर्‍यो

लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गर्‍यो

रोदिक खबर

३, कार्तिक २०७७
  • 5.8K
    SHARES
  • लोक सेवा आयोगले  लिखित परीक्षा स्थगित गर्‍यो

    काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

    परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

    loksews-aayog.jpg

    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १५:१७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको