शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

३, कार्तिक २०७७
  • 2.1K
    SHARES
  • ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    थपिएका संक्रमितमध्ये २ हजार ३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ९४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १६:४५:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको