शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

महिला बालबालिका पुःर्नस्थापना केन्द्रको प्रथम साधारणसभा सम्पन्न 

महिला बालबालिका पुःर्नस्थापना केन्द्रको प्रथम साधारणसभा सम्पन्न 

रोदिक खबर

४, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • महिला बालबालिका पुःर्नस्थापना केन्द्रको प्रथम साधारणसभा सम्पन्न 

    खोटाङ । महिला बालबालिका पुःर्नस्थापना केन्द्र खोटाङको प्रथम साधारणसभा सम्पन्न भएको छ । महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन उद्घाटन, जग्गादाताको सम्मान लगायतका कार्यक्रम गर्दै केन्द्रको प्रथम साधारणसभा मंगलबार सम्पन्न भएको हो ।

    महिला बालबालिका पुःर्नस्थापना केन्द्रको साधारणसभा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य हिरा गुरुङले उद्घाटन गरेकी थिईन् । 

    साधारणसभाको अवशरमा महिला बालबालिका पुःर्नस्थापना केन्द्रको तीन कोठा भएको एक तले भवन उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०६९÷०७० सालदेखि निर्माण सुरु गरिएको भवन प्रतिनिधिसभा सदस्य गुरुङले रिवन काटेर उद्घाटन गरेकी हुन् ।

    स्थानीय बिकास मन्त्रालयको ६ लाख, तत्कालिन जिल्ला बिकास समितिको ३ लाख, प्रदेशसभा सांसद उषाकला राईको संसदीय विकास कोषको ५ लाख, चन्दा संकलनबाट जम्मा भएको ६२ हजार लगायतको खर्चमा महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिएको हो ।

    भवन निर्माणका क्रममा करिब २२ लाखभन्दा बढि खर्च हुँदा ६ लाखको हाराहारीमा ऋण परेको महिला बालबालिका पुःर्नस्थापना केन्द्रकी अध्यक्ष पूर्णमायाँ तामाङले बताईन् ।

    कृषिविज्ञ मदन राईले दिक्तेलको रत्नपार्क किरातचोकभन्दा माथि निःशुल्क जग्गा उपलव्ध गराएपछि महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिएको हो । 

    कार्यक्रममा प्रतिनिधिसभा सांसद गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, मानवअधिकार आयोगकी सुमित्रा राई, ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल, केपीलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वन, दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, गैससमहासंघका अध्यक्ष दानबहादुर राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

    प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - २१:२९:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको