शुक्रवार, भाद्र २६ गते २०८३

रौतहटमा गोली हानेर पुजारीको हत्या

रौतहटमा गोली हानेर पुजारीको हत्या

रोदिक खबर

४, भाद्र २०७७
  • 4.2K
    SHARES
  • रौतहटमा गोली हानेर पुजारीको हत्या

    रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।


    बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

    बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०८:२२:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको