शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शनिबार थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण

शनिबार थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण

रोदिक खबर

८, कार्तिक २०७७
  • 2.3K
    SHARES
  • शनिबार थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौं । शनिबार थप २ हजा २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजा २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २ हजा ८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १ हजा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२/२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९/१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३/१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।

    त्यस्तै पर्वत र डोटीमा ९/९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८/८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७/७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५/५ जना, काभ्रे, प्युठान र बैतडीमा ४/४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

    इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २/२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - १७:२८:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको