नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

रोदिक खबर

९, कार्तिक २०७७
  • 3.1K
    SHARES
  • नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

    काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

    आज नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएको जानकारी गराउँछु।’

    शर्माले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन पनि आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘केही दिनयता म सँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’

    प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १२:२०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको