शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुख सापकोटाको आग्रह

परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुख सापकोटाको आग्रह

रोदिक खबर

१०, कार्तिक २०७७
  • 2.3K
    SHARES
  • परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुख  सापकोटाको  आग्रह

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् ।

    दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन्।

    विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताए ।

    सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०७:११:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको