शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

रोदिक खबर

१३, कार्तिक २०७७
  • 2.2K
    SHARES
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १७:१८:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको