खोटाङ । जिल्ला समन्वय अधिकारी सहित खोटाङमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत प्रविण झाका अनुसार जिल्ला समन्यव अधिकारी सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २७ र ३२ वर्षीय पुरुष,निर्मलीडाँडाका ३४ वर्षीय पुरुष, लफ्याङकी ५० वर्षीया महिला, लफ्याङकै ५२ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकमा कोरोना संक्रमण देखिएपछि कन्ट्रायक ट्रेसिङ अन्तर्गत संकलन गरिएको स्वावको पिसिआर परीक्षण गर्दा आज बिहीवार ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कन्ट्रायक ट्रेसिङ अन्तर्गत गत बुधबार ६६ जनाको संकलन गरिएको स्वाव मध्येमा शुक्रबार २५ जनाको रिपोर्ट आउँदा ५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत झाले जानकारी दिए ।
यो सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४४ पुगेको छ । हालसम्म २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।