एमाले बन्यो १३२ औं दल

एमाले बन्यो १३२ औं दल

रोदिक खबर

४, भाद्र २०७७
  • 4.5K
    SHARES
  • एमाले बन्यो १३२ औं दल

    सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको मानिएका बेला निर्वाचन आयोगले बुधबार नेकपा (एमाले) नामक दल दर्ता गरेको छ ।

    नेकपा (एमाले) को दर्ता प्रक्रिया बढाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पार्टीमा उनी इतरपक्षले आरोप लगाउँदै आएका छन् ।
    विराटनगरकी सन्ध्या तिवारीले गत असार १४ गते आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दिएकी थिइन् । २१ सदस्यीय कार्यसमितिमा रहेका व्यक्ति राजनीतिमा चिनिएका होइनन् । कार्यसमितिमा १३ जना महिला र बाँकी पुरुष छन् । आयोगको बुधबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
    नेकपा एमाले १ सय ३२ औं दलका रूपमा दर्ता भएको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०९:३८:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको